प्रमुख पृष्ठ | विगतका समाचारहरु | डाउनलोडस् | लेख रचना तथा समाचार पठाउनुहोस् | प्रतिक्रिया पठाउनुहोस्
   ताजा खबर:
विज्ञापनहरु:
   News Last Updated: 2007-08-13
Click to Enlarge the Picture
 

विविध

हिरक जन्मदिनले उब्जाएको राजनीति तरङ्ग

राजा ज्ञानेन्द्रको ६१औं जन्मदिनको तीन दिने तामझाम सकिएको छ तर यसको तरंग भने धेरै दिनसम्म जारी रहने देखिएको छ।

आफ्नो अस्तित्व बचाउन संघर्ष गरिरहेका राजाको जन्मदिनको यो तामझामले राजनीतिक ध्रुवीकरणमा असर पर्ने संकेतहरु देखिएका छन्।

अन्तरिम सम्बिधानले अस्तित्व स्वीकार नगरेपनि विधिवत् गद्दीच्युत भइनसकेका राजा ज्ञानेन्द्र हीरक जन्मदिन मनाउने पहिलो गद्दीनसीन शाहवंशीय राजा हुन्।

अस्तित्वको संकट

सक्रिय राजनीतिमा हात हालेका कारण झण्डै २५० वर्ष पुरानो राजतन्त्रको अस्तित्व नै दलदलमा फसेको बताउंदै कतिपय मानिसहरूले राजा ज्ञानेन्द्रप्रति आक्रोष व्यक्त गरिरहेका छन्।

त्यही दलदलबाट राजतन्त्रलाई निकाल्ने जमर्कोका रुपमा धेरैले राजाको जन्मदिनको तामझामलाई हेरेका छन्।

यो प्रयासको नतीजाको अनुमान अहिलेनै गर्नु अपरिपक्व होला तर पुराना अनुभवहरुले भने राजाका लागि आशा जगाउँदैनन्।

विश्लेषकहरु भन्छन्, राजा ज्ञानेन्द्रले पाँच वर्षको आफ्नो शासनकालमा राज गर्न खोज्ने तर नीति नजान्ने असफल राजनीतिज्ञ राजाको रुपमा आफुलाई स्थापित गरे।

सबै राजनीतिक र सैनिक अधिकारहरुबाट बन्चित भइसकेका राजा आफ्नो ६१औं जन्मदिनको भोलीपल्टै परम्परागत साँस्कृतिक भूमिकाबाट समेत बन्चित भएका छन्।

गएको वर्ष राजाबिरुध्दको सफल बृहत जनआन्दोलनको राप यथावत रहँदा समेत नखोसिएको उनको त्यो भूमिका यो वर्ष रातो मच्छिन्द्रनाथको भोटोजात्रासंगै खोसिएको छ।

 राजतन्त्रमाथि मडारिएको कालो बादलमा राजा ज्ञानेन्द्रका लागि चाँदीको घेरा नदेखिएको पनि होइन
 

नेपालको इतिहासमा पहिलो पटक भोटोजात्राको प्रमुख अतिथि राजा नभएर प्रधानमन्त्री भएका छन्।

चाँदीको घेरा

त्यसो हुँदाहुँदै पनि राजतन्त्रमाथि मडारिएको कालो बादलमा राजा ज्ञानेन्द्रका लागि चाँदीको घेरा नदेखिएको पनि होइन।

सत्ताधारी आठदल, सुरक्षा अंग लगायत सम्पूर्ण सरकारी निकाय एवं कूटनीतिक समुदायबाट समेत बहिष्कार गरिएको राजाको जन्मोत्सव कार्यक्रमको बिरोधमा देखिएको एकरुपताको अभावमा उनले त्यस्तो घेरा देख्न सक्छन्।

अमेरिका सहित प्रमुख पश्चिमा देशहरुले खुलमखुल्ला बहिष्कार गरेको राजाको जन्मोत्सवबाट आफूहरुपनि चुपचाप टाढैरहेका नेपालका प्रभावशाली छिमेकी देशहरुले मुख खोलेनन्।

राजाको जन्मदिनको केही दिन अघिमात्र आएका दक्षिणी छिमेकी देशका एकजना नेपालविद्ले त एउटा अन्तर्वार्तामा नेपालमा गणतन्त्रको स्थापना भन्दा स्थिरताको प्रश्न भारत सरकारको प्राथमिकता भएको बताएका थिए।

गएको सातानै उत्तरी छिमेकी चीनबाट फर्केका एकजना वरिष्ठ माओबादी नेताले बीबीसीलाइ दिएको जानकारी अनुसार चिनियाँ अधिकारीहरुले पनि नेपालमा राजतन्त्र उन्मुलनबारे मुख खोलेनन्।

तामझामपूर्ण राजाको जन्मोत्सवका बिरुध्द आवाज उठाएका सत्ताधारी आठदलका भातृ संगठनहरुको बिरोध पनि मिश्रित थियो।

ठूला मध्ये नेपाली काँग्रेस र नेपाली काँग्रेस प्रजातान्त्रिकका भातृ संगठनहरुको विरोध वक्तव्यमा सीमित थियो।

एमालेको भातृ संगठनले अघिल्लो दिन आफुले गरेको एउटा विरोध जुलुसलाई नै पर्याप्त ठान्यो।

ध्रुवीकरण

जन्मदिन मनाउन जाने राजाबादीहरुसंग प्रतिकार गर्न सडकमै उत्रिनेमा चाहीं अरु दलहरुको समेत तीब्र आलोचना खेपिरहेको माओबादीको वाइसीएल मात्र थियो।

भातृ संगठनहरुबीच देखिएको यो अन्योलपूर्ण स्थितिले प्रमुख दलहरुबीच ध्रुवीकरणको संकेत गरेको ठान्नेहरु धेरै छन्।

उनीहरुको निष्कर्ष सही साबित भयो भने संभवत त्यसलाई राजा ज्ञानेन्द्रले आफ्नो तामझामपूर्ण जन्मोत्सवको अप्रत्याशित उपहारको रुपमा लिनेछन्।

Other Related News Articles
 
  ?? ???? ????? ?????? 20953 ??? ?????????? ? ?
Copyright © 2007 www.hatemalo.com