प्रमुख पृष्ठ | विगतका समाचारहरु | डाउनलोडस् | लेख रचना तथा समाचार पठाउनुहोस् | प्रतिक्रिया पठाउनुहोस्
   ताजा खबर:
विज्ञापनहरु:
   News Last Updated: 2007-08-13
Click to Enlarge the Picture
 
Click to Enlarge the Picture
 

समाचार

राजदूतहरूद्बारा प्रधानमन्त्रीसमक्ष ओहदाको प्रमाणपत्र पेश

नयाँ अमेरिकी राजदूत न्यान्सी जे पावेल र नवनियुक्त उत्तर कोरियाली राजदूत जाङ योङ चोलले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन्। 

 



बिहिवार दिउँसो दुवै नयाँ राजदूतहरु सिंहदरबारस्थित स्टेटहल पुग्दा त्यहाँ नेपाली सेनाको एउटा टुकडीले पहिलो पटक सार्वजनिक रुपमा नयाँ राष्ट्रिय धुन बजाएको थियो।

राजासमक्ष ओहदाको प्रमा‌‌णपत्र बुझाउने परम्परा दोस्रो जनआन्दोलनपछि पुनर्स्थापित संसदको एउटा घोषणापछि विधिवत रुपमा तोडिएको थियो।

केही समयअघि मात्रै नेपालकालागि चिनीयाँ राजदूत जेङ जियालिन प्रधानमन्त्रीसमक्ष ओहदा बुझाउने पहिलो कूटनीतिज्ञ बन्न पुगेका थिए।

उत्तर कोरियाली र अमेरिकी राजदूतहरुले स्टेटहलमा आयोजित बाजागाजा सहितको परम्परागत समारोहकाबीच सो परम्परालाई निरन्तरता दिएका थिए।

उच्चतहका सरकारी अधिकारी र पत्रकारहरुको पनि सो समारोहमा उपस्थिति थियो।

चासो

उप‌स्थितहरुमध्ये धेरैको नजर नयाँ अमेरिकी राजदूत न्यान्सी पावेलमाथि देखिएको थियो।

उनले प्रधानमन्त्री र उपस्थित नेपाली अधिकारिहरुसंग १५ मिनेट जति भलाकुसारी गरेकी थिइन्।

उत्तर कोरियाली राजदूत जेङले भने छोटो कुराकानी गर्दै औपचारिकता पुरा गरेका थिए।

काठमाडौंस्थित हाम्रा संवाददाता भन्छन्, अमेरिकी राजदूतलाई नेपालमा संचारमाध्यमदेखि राजनीतिज्ञहरु सम्मले बढी नै महत्व दिने गरेका छन्।

उनी भन्छन्, विवादास्पद बन्न पुगेका पूर्व राजदूत जेम्स एफ मोरियार्टीको ठाउँ लिएकीले पनि पावेलप्रति मानिसहरु जिज्ञासु देखिएका थिए।

Other Related News Articles
 
  ?? ???? ????? ?????? 20963 ??? ?????????? ? ?
Copyright © 2007 www.hatemalo.com