समाचारदुइ सातापछि शरणार्थी छानिनेकाठमाडौं, (नेस)अमेरिकाले भुटानी शरणार्थीलाई तेस्रो देशमा लानेसम्बन्धी प्रक्रिया यही अगस्टको अन्तिम साताबाट शुरू गर्ने भएको छ।
करिब २० जना अमेरिकी र ६० जना नेपाली कर्मचारी राखेर छुट्टै कार्यालय सञ्चालनमा आउने जनाउँदै शरणार्थी हेर्ने एक उच्च अमेरिकी अधिकारीले नाम उल्लेख नगर्न आग्रह गर्दै भने- ँसुरक्षाको कारण जुलाईबाट काम हुन नसकेको हो।’
नेपाल सरकारले सशस्त्र प्रहरी बललाई शिविरमा खटाउने भनेको छ’, उनले भने- सशस्त्रको सुरक्षाप्रति हामी विश्वस्त छौं।’
उनले आप्रवाससम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आईओएस) लाई उद्धृत गर्दै शरणार्थीलाई अमेरिका लान कैयौं वर्षलाग्ने चर्चा भएकोमा भने त्यसलाई उनले पूण् रूपमा हाबादारी’ भनेका छन्।
काम छिट्टै हुन्छ’ -उनको भनाइ थियो। शरणार्थीको छनोट इच्छाका आधारमा हुने उनको भनाइ थियो। |