प्रमुख पृष्ठ | विगतका समाचारहरु | डाउनलोडस् | लेख रचना तथा समाचार पठाउनुहोस् | प्रतिक्रिया पठाउनुहोस्
   ताजा खबर:
विज्ञापनहरु:
   News Last Updated: 2007-08-13

समाचार

झाडापखालाको प्रकोप, दुई महिनामा बाउन्नको मृत्यु, दूषित पानी प्रमुख कारण

निमेष रेग्मी, (काठमाडौं)। गर्मीयामसँगै राजधानीसहित देशका विभिन्न ठाउँमा फैलिएको झाडापखालाको प्रकोपबाट बिहीबारसम्म ५२ जनाको मृत्यु भएको छ। झाडापखालाका रोगीमा हैजाका जीवाणु पनि भेटिएको छ।

निमेष रेग्मी, (काठमाडौं)। गर्मीयामसँगै राजधानीसहित देशका विभिन्न ठाउँमा फैलिएको झाडापखालाको प्रकोपबाट बिहीबारसम्म ५२ जनाको मृत्यु भएको छ। झाडापखालाका रोगीमा हैजाका जीवाणु पनि भेटिएको छ।

 

राजधानी उपत्यकाका साथै कालिकोट रौतहटमा विगत तीन महिनामा झाडापखाला फैलिएको पाइएको छ। उपत्यकामा झाडापखालाबाट गत जेठ महिनामा मात्र पाँच जनाको ज्यान गएको थियो भने कालिकोटमा फैलिएको रोगबाट अहिलेसम्म ४५ जनाको मृत्यु भएको छ।

 

रौतहटको चन्द्रनिगाहपुरमा पनि सो रोगका कारण दुई जनाको ज्यान गएको बताइएको छ। तीनवटै ठाउँका रोगीहरूमा हैजाका जीवाणु भेटिएको सरकारले पुष्टि गरेको छ।

 

कालिकोट जिल्लामा झाडापखाला फाट्टफुट्ट देखिएको हैजाबाट हजार सय जना बिरामी परेको बताइएको छ। जिल्लाको खैना गाविसमा मात्र रोगबाट ३९ जनाको ज्यान गएको छ।

 

रोग नियन्त्रणका लागि असार २७ मा जिल्ला सदरमुकामबाट गएको टोलीले सय ३० जनाको उपचार गरेको रोगीको दिसा परीक्षणका क्रममा सात जनामा हैजाका जीवाणु भेटिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. मानसकुमार बनर्जीले नेपाल समाचारपत्रलाई बताउनुभयो।

 

महामारी बढ्ने खतरालाई ध्यानमा राखी सरकारले तत्कालै क्षेत्रीय मेडिकल स्टोरहरूलाई थप औषधि पठाएको चिकित्सा टोलीहरूको परिचालन गरेको जनाएको छ।

 

वैशाखयता मात्र देशभरि हजार सय जना व्यक्ति झाडापखालाबाट प्रभावित भइसकेका छन्।

 

राजधानीका कान्ति बाल अस्पताल, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकु, भक्तपुर अस्पताल, नेपाल मेडिकल कलेज पाटन अस्पतालमा वैशाख गतेदेखि हिजो बिहीबारसम्म हजार सय ५० जना झाडापखालाका बिरामी भेटिएका छन्। तीमध्ये सय ४१ जनामा हैजाका जीवाणु भेटिएको निर्देशक डा. बनर्जीले बताउनुभयो।

 

उहाँका अनुसार झाडापखालाका बिरामीमा बारम्बार दिसा लाग्ने, पेट दुख्ने, आन्द्रा सुन्निने भएको छ।

 

यो अवधिमा पाटन अस्पतालमा सबैभन्दा बढी सय ३० हैजाका बिरामी भेटिएका छन्। कान्तिबाल अस्पतालमा आएका सय ६२ मध्ये ६४ मा हैजा भेटिएको छ।

 

तराईमा निरन्तर भएको बन्दको असरस्वरूप भैरहवाबाट काठमाडौं ल्याउनुपर्ने क्लोरिन भित्रिन ढिलाइ भएका कारण धारामा वितरित पानी शुद्धीकरणका लागि क्लोरिन मिसाउन नपाएको तर्क नेपाल खानेपानी संस्थानले गरेको छ। वितरित दूषित खानेपानीका कारण झाडापखाला हैजा फैलिएको विशेषज्ञहरूको ठहर छ।

 

यस अवधिमा उपत्यकाका विभिन्न १२ वटा पिउने पानीका नमुनाको गुणस्तर परीक्षण गरिएकोमा १० नमुना पिउन पूर्णतः अयोग्य भेटिएको थियो। वितरित ७३ प्रतिशत खानेपानी पिउन अयोग्य देखिएपछि तत्काल पानीमा क्लोरिनको मात्रा बढाउन खानेपानी संस्थानलाई आग्रह गर्दै स्वास्थ्य सेवा विभागले प्रकोप व्यवस्थापनको तयारी थालेको जनाएको छ।

 

सरकारले रोगको प्रकोप ठूलो जनसंख्यामा फैलिन सक्ने जोखिमलाई ध्यानमा राखी स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गोविन्दप्रसाद ओझाको नेतृत्वमा सम्बद्ध एजेन्सीहरूको सहभागिता रहेको विशेष समिति गठन गरेको छ।

 

समितिमा स्वास्थ्यसेवा विभागका महामारी रोकथाममा जिम्मेवार निकायका विशेषज्ञहरूका साथै काठमाडौं महानगरपालिका, नेपाल खानेपानी संस्थान, गुणस्तर नियन्त्रण विभाग, वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो), विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयका विज्ञहरूको सहभागिता रहेको बताइएको छ।

Other Related News Articles
 
  ?? ???? ????? ?????? 20962 ??? ?????????? ? ?
Copyright © 2007 www.hatemalo.com