प्रमुख पृष्ठ | विगतका समाचारहरु | डाउनलोडस् | लेख रचना तथा समाचार पठाउनुहोस् | प्रतिक्रिया पठाउनुहोस्
   ताजा खबर:
विज्ञापनहरु:
   News Last Updated: 2007-08-13
Click to Enlarge the Picture
 

समाचार

बाढी प्रभावित क्षेत्रमा राहत वितरण कार्य तीव्र

नेपालमा मनसुने झरीका कारण आएको बाढीबाट प्रभावितहरुका लागि राहत संकलन र आपूर्ति कार्यलाई तीव्रता दिइएको अधिकारीहरुले जनाएका छन्।

अहिले बाढी पीडितहरुको राहत तथा पुनर्स्थापनाकालागि सहायता संकलन गर्ने कार्य जारी रहेको छ।

प्रधानमन्त्री राहतकोषमा मात्रै करिब ९० लाख रुपयाँ जम्मा भै सकेको बताइएको छ।

तर घरबारविहिन हुनपुगेका झ‌‌ण्डै १० हजार परिवार माझ पुनर्वासकालागि सहयोग पुग्न अझै केही समय लाग्ने सहायता कार्यकर्ताहरु बताउंछन्।

गृह मन्त्रालयले बाढीबाट बेघरबार हुनपुगेका झन्डै दश हजार परिवारहरुका लागि तत्काल राहत पुर्‍याउन आवश्यक भएको जनाएको छ।

अहिले पीडितहरुलाई राहत पुर्‍याउन बाढी प्रभावित ३३ जिल्लाहरुमा सरकार, विभिन्न राष्ट्रसंघीय निकायहरु, नेपाल रेडक्रस सोसाइटी तथा स्थानीय राजनीतिक र सामाजिक कार्यकर्ताहरु खटिइरहेका छन्।।

राजधानी लगायतका शहरहरुमा पनि राहतका लागि नगद र लत्ताकपडा जुटाउने कार्यले पनि तीव्रता पाएको छ।

सहायता

त्यस्तो कार्यमा चलचित्र कलाकारदेखि संघसंस्था, व्यक्तिहरु र स्कुले केटाकेटीहरुसम्म जुटेको देख्न पाइन्छ।

निजी क्षेत्रबाट संचालित कान्तिपुर मिडिया समूहको पहलमा स्थापना गरिएको एउटा कोषमा २५ लाख भन्दा बढी जम्मा भै सकेको सम्बन्धित कर्मचारीहरु बताँउछन्।

“यसरी एक पछि अर्को ब्यक्ति र संघसंस्थाको सहयोग ओइरिएको देख्दा हामी त एकदमै अचम्ममा परेका छौं,” कान्तिपुर पब्लिकेशन्सका एक कर्मचारी हरि शेरचनले बीबीसीसंग भने।

ठमेलस्थित ज्याज् अपस्टेयर्स बारका ब्यवस्थापक छेडुप बोमजनले पनि बारमा आगन्तुकहरुसंग चन्दा तथा लत्ताकपडा संकलन गर्दै रेडक्रस मार्फत प्रभावित जिल्लाहरुमा राहत पठाइ रहेको बताए।

प्रधानमन्त्री कार्यालयका सचिव दीपेन्द्रविक्रम थापाका अनुसार प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम आवश्यकता अनुसार गृहमन्त्रालयको समितिमा पठाइने छ।

तर गृह मन्त्रालयको केन्द्रीय दैवी प्रकोप उद्वार समितिका एकजना अधिकारी प्रताप पाठकले कोषको रकम अहिले सम्म खर्च गर्नु नपरेको बताए।

उनले भने, "पीडितहरुको पुनर्स्थापनाकालागि बृहत् योजना नआएसम्म सो रकम खर्च गरिने छैन।"

तराईमा अझैपनि हिंसाका घटना जारी रहेतापनि बाढ‌ी पीडितहरुलाई राहत पुर्‍याउने कार्यमा कुनै पनि किसिमका वाधा अवरोध नपुर्‍याउन राष्ट्रसंघीय तथा अन्य संघसंस्थाहरुले सम्बद्ध पक्षलाई अनुरोध गरेका छन्।

Other Related News Articles
 
  ?? ???? ????? ?????? 20954 ??? ?????????? ? ?
Copyright © 2007 www.hatemalo.com