समाचारनिर्वाचन सहयोगको प्रतिबद्धता
नेपाल समाचारपत्र (काठमाडौं) नवनियुक्त अमेरिकी राजदूत नान्सी जे पावेलले नेपालको संविधानसभाको निर्वाचनमा अमेरिकाले सक्दो सहयोग गर्ने बताउनुभएको छ।
ओहोदाको प्रमाणपत्र बुझाएपछि पहिलोपटक प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई शुक्रबार बिहान भेटेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै पावेलले सो कुरा बताउनुभएको हो।
नेपाल समाचारपत्र (काठमाडौं) नवनियुक्त अमेरिकी राजदूत नान्सी जे पावेलले नेपालको संविधानसभाको निर्वाचनमा अमेरिकाले सक्दो सहयोग गर्ने बताउनुभएको छ।
ओहोदाको प्रमाणपत्र बुझाएपछि पहिलोपटक प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई शुक्रबार बिहान भेटेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै पावेलले सो कुरा बताउनुभएको हो।
भेटघाटमा सहभागी प्रधानमन्त्रीका विदेश मामिलासम्बन्धी सल्लाहकार डा. सुरेश चालिसेले जानकारी दिनुभएअनुसार सो अवसरमा पावेलले अमेरिकाले आगामी संविधानसभाको निर्वाचनमा मतपत्र छाप्नलाई सहयोग गर्ने बताउनुभएको थियो।
सो अवसरमा बाढी र भुटानी शरणार्थी समस्यालगायतका विषयमा समेत छलफल भएको थियो।
यसैबीच पावेलले आसन्न संविधानसभाको निर्वाचनका लागि आवश्यक मतपत्रको छपाइमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
निर्वाचन आयोगका अनुसार पावेलले शुक्रबार प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलसँग भेट गरी उक्त प्रतिबद्धता जनाउनुभएको हो।
निर्वाचनमा ध्यान देऊ’
उता नेपालस्थित बेलायती राजदूत एवम् युरोपेली संघ र्-इयू) का काठमाडौंस्थित अध्यक्ष डा. एन्ड्रयु हलले मुख्य केन्द्रविन्दु निर्वाचनलाई बनाएर हिँड्न सरकारलाई सुझाव दिनुभएको छ।
शुक्रबार बेलायती दूतावासमा आयोजित संक्रमणकालीन न्याय’ सम्बन्धी एक कार्यशालापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बेलायती राजदूतले माओवादीले प्रहरी चौकीमाथि आक्रमण गरेर कानुन हातमा लिने काम गर्न नहुनेसमेत बताउनुभयो। ँसबैको ध्यान स्वतन्त्र र निष्पक्ष निर्वाचन निर्धारित समयमा गर्ने कुरामा नै हुनुपर्छ’ -उहाँले भन्नुभयो।
त्यसअघि आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै शान्ति तथा पुनर्निर्माणमन्त्री रामचन्द्र पौडेलले सबै कानुनलाई अन्तर्राष्ट्रिय मान्यताअनुरूप ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो।
कार्टरको आग्रह
यसैबीच कार्टर सेन्टरले मंसिर ६ मा संविधानसभाको निर्वाचन गर्ने अभ्रि्रायले नै दलहरू लागिपरेको कुरा अब प्रमाणित गर्ने बेला भएको जनाएको छ।
नेपालस्थित कार्टर सेन्टरले शुक्रबार आफना अध्यक्ष जिम्मी कार्टरलाई उद्धृत गर्दै पिछडिएको वर्गमा परेका सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने उल्लेख गरेको छ।
कार्टरले स्थानीय तहमा शान्तिसुरक्षा सुदृढ गर्नुपर्ने कुरामा समेत जोड दिनुभएको छ।
|