प्रमुख पृष्ठ | विगतका समाचारहरु | डाउनलोडस् | लेख रचना तथा समाचार पठाउनुहोस् | प्रतिक्रिया पठाउनुहोस्
   ताजा खबर:
विज्ञापनहरु:
   News Last Updated: 2007-08-13
Click to Enlarge the Picture
 

समाचार

संविधानसभाबाट राजतन्त्र अन्त्य हुन्न : प्रचण्ड

आठदलीय सरकारको एउटा प्रमुख घटक नेकपा माओवादीका अध्यक्ष प्रचण्डले यथास्थितिमा संविधानसभाको निर्वाचन हुनेमा अविश्वास व्यक्त गर्दै भै हाले पनि त्यसबाट राजतन्त्र उन्मूलन हुने सम्भावना अन्त्य भएको बताएका छन्।


माओवादी अध्यक्ष प्रचण्डले नेपालमा संविधानसभाको चुनावद्वारा राजतन्त्रलाई समाप्त पार्ने संभावना अन्त्य भएको बताएका छन्।

पार्टीको विस्तारित बैठकका निर्णय आइतवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने क्रममा अध्यक्ष प्रचण्डले राजतन्त्रलाई निलम्वित अवस्थामा राखेरै संविधानसभाबाट त्यसको उन्मूलन गर्न सकिने पुरानो अवस्था समाप्त भएको बताएका हुन्।

उनले भने, " जेठमै संविधानसभाको निर्वाचन भएको भए विश्वमा अन्यत्र नभएको उदाहरण नेपालमा प्रस्तुत गर्न सक्ने सम्भावना थियो। तर प्रतिगामी शक्तिको सक्रियताले गर्दा त्यो समाप्त भैसक्यो।"

योंग कम्यूनिष्ट लिगको कडा सुरक्षाबीच भएको पत्रकार सम्मेलनमा प्रचण्डको दायाँ बाँया सिंगो केन्द्रिय नेतृत्व थियो।

प्रज्ञा प्रतिष्ठान भित्रको ठूलो हल कार्यकर्ताले र बाहिरको प्राङगण माओवादी नेता कार्यकर्ताका गाडी र मोटरसाइकलले खचाखच भरिएको थियो।

बहिष्कार नगर्ने

जनआन्दोलन र निर्वाचन अघि नै गणतन्त्र घोषणा गर्न सकेमात्र संविधानसभाको निर्वाचन सुनिश्चित हुने अध्यक्ष प्रचण्डको तर्क छ।

 हामी चुनावमा भाग लिन्छौ र निर्वाचन र आन्दोलनको घोषणापत्र एउटै बनाउँदै छौ
 
माओवादी अध्यक्ष, प्रचण्ड

त्यसबारे आठ पार्टीमा सहमति हुन नसकेमा पनि संविधानसभाको निर्वचान वहिष्कार नगर्ने उनले बताए।

प्रचण्डले भने ," हामी चुनावमा भाग लिन्छौ र निर्वाचन र आन्दोलनको घोषणापत्र एउटै बनाउँदै छौ।"

सत्तापक्षीय गठबन्धनका अन्य दलहरुसँग आफ्नो दलको गणतन्त्र लगायतका प्रस्तावबारे छलफल शुरु भैसकेको जनाउँदै उनले ८ - १० दिनमै त्यसको छिनोफानो हुने बताए।

तर सरकारबाट हट्ने वा बसीरहने भन्ने जिज्ञासामा अध्यक्ष प्रचण्ड त्यति खुलेनन्।

उनले यतिमात्र भने, "केही दिन धैर्य गर्नुस्, देश आन्दोलनमा जान्छ वा चुनावतिर भन्ने प्रश्न छिट्टै निष्कर्षमा पुग्छ।"

निष्कर्ष

हालै सम्पन्न माओवादीको महत्वपूर्ण विस्तारित बैठकले सरकारको नेतृत्व गर्ने प्रमुख संसदवादी दलहरुले १२ बुँदे समझदारी, वृहत् शान्ति सम्झौता र अन्तरिम संविधानको भावना विपरित गएर आफ्नो पार्टीसँगको एकताको आधार भत्काइसकेको निष्कर्ष निकालेको छ।

तर बैठकले 'सरकारमा बस्ने नैतिक, राजनीतिक र सैद्धान्तिक आधार समाप्त भइरहेको' मात्र भनेको छ।

सो बैठकले त्यस्तो आधार पूर्ण रूपमा समाप्त भइसकेको ठहर गरेको छैन।

त्यस्ता सबै विषयको छिनोफानो प्रचण्डले भनेको आठदलीय शीर्ष सम्वादमा निर्भर हुनसक्छ।

ती नेताहरूको बैठकले मंसिर ६ गते तोकिएको संविधानसभाको निर्वाचनको भविष्य पनि निर्धारण गर्नसक्छ।

Other Related News Articles
 
  ?? ???? ????? ?????? 20958 ??? ?????????? ? ?
Copyright © 2007 www.hatemalo.com