प्रमुख पृष्ठ | विगतका समाचारहरु | डाउनलोडस् | लेख रचना तथा समाचार पठाउनुहोस् | प्रतिक्रिया पठाउनुहोस्
   ताजा खबर:
विज्ञापनहरु:
   News Last Updated: 2007-08-13
Click to Enlarge the Picture
 
Click to Enlarge the Picture
 

समाचार

सुरक्षाकर्मी प्रयोग गर्दै यातायात सञ्चालन

आन्दोलनरत चुरे भावर एकता समाजले विभिन्न मागहरू राख्दै विगत पाँच दिनदेखि पूर्व पश्चिम राजमार्गमा सवारी साधनहरू चलाउन अवरोध खडा गरेपछि सरकारले प्रहरी सुरक्षा दिंदै सडकमा सवारीहरू सञ्चालन गरेको छ।


यस अघि सो समाजका कार्यकर्ताहरूले राजमार्गमा अवरोध खडा गरी सवारी साधनमा आगो लगाउन थालेपछि यातायात अवरूद्ध भएको थियो ।

शनिवार प्रहरी सुरक्षा सहित चलेका सवारी साधनहरूमा पनि उक्त समाजका कार्यकर्ताहरूले आगजनी गर्न थालेपछि प्रहरीले गोली प्रहार गरेको थिए।

उक्त घटनामा गोली लागेर समाजका दुई जना कार्यकर्ता घाइते भएका छन्।

घाइते हुनेहरूमा हरिवन गाउँ विकास समिति वडा नम्वर ६ बस्ने चन्द्रप्रकाश मैनाली र सोही गाविसका विनोदराज पाठक छन्।

उनीहरूलाई हात र तिघ्रामा गोली लागेको छ र दुवै जनाको वीरगञ्ज अस्पतालमा उपचार भैरहेको छ।

सो घटनालाई लिएर सर्लाही जिल्लाका प्रहरी उपरीक्षक गणेश केसीले चुरे भावरका कार्यकर्ताहरूले बसमा आगजनी गर्न थालेपछि समान्य बल प्रयोग गरिएको पुष्टि गरेका छन्।

चुरे भावर समाजले उसका दुईजना कार्यकर्ताको हत्या गरिएको र काठमाण्डूमा थुप्रै नेताहरूलाई गिरफ्तार गरिएको भन्दै पूर्व पश्चिम राजमार्ग अवरूद्ध गरेको थियो।

यसै महिनाको दोश्रो हप्ता समाजका नेताहरूको सरकारसित वार्ता भएको थियो।

वार्तालाई दुवै पक्षले सकारात्मक भनेपनि ठोस परिणाम भने निस्कन सकेको छैन।

त्रासको अवस्था

राजमार्ग क्षेत्रमा भइरहेको आन्दोलन र सम्प्रदाय विशेषमाथिको आक्रमणले मुलुकमा समाजिक सदभाव खलबलिन सक्ने संभावना रहेको स्थानीय बुद्धिजीवीहरू बताउँछन।

लामो समयदेखि तराई र चुरे क्षेत्रमा जारी आन्दोलनबाट दुवै पक्षका धेरै मानिसहरू विस्थापित भएका छन्।

तराईमा मधेसी जनअधिकार फोरम र राजमार्ग क्षेत्रमा चुरे भावर एकता समाज सकृय छन्।

उनीहरूको आन्दोलनबाट तराईमा बसोवास गर्ने गैर तराई मूलका र पहाडमा बसोवास गर्ने गैर पहाडीमूलका बासिन्दाहरू त्रसित हुन पुगेका छन्।

Other Related News Articles
 
  ?? ???? ????? ?????? 20964 ??? ?????????? ? ?
Copyright © 2007 www.hatemalo.com